प्रदेश १ बाट १ सय ५५ संक्रमित निको भएर घर फर्के


विराटनगर, २९ जेठ । प्रदेश १ मा बिहीवार ८ जना संक्रमित थपिए संगै १३ वटा जिल्लामा संक्रमितको संख्या ३ सय ४ पुगेको छ । संक्रमितहरु सवै भारतबाट आएका र क्वारेन्टाइनमा बसेकाहरु हुन् ।
प्रदेश १ मा संक्रमिहरु थपिए संगै निको भएर जानेहरुको संख्या पनि बढ्न थालेको छ । जम्मा संक्रमित मध्ये १ सय ५५ जना निको भएर घर फर्किसकेका छन् । प्रदेश १ का जिल्लाहरुमा सवै भन्द बढी झापा जिल्लामा मात्र १ सय ५६ जना संक्रमितहरु छन, भने मोरङमा ३९ पुगेका छन् ।
यसै गरी सुनसरीमा २ जना थपिएसंगै संक्रमितको संख्या ४५ पुगेको छ भने, उदयपुरमा ३९, धनकुटामा ८, भोजपुरमा ६, खोटाङमा ४, सोलुखुम्बुमा १, संखुवासभामा २ जना, इलामामा १ जना र तेह्रथुममा २ जना रहेको प्रदेश १ कोरोना सूचना डेक्स मुख्यमन्त्री कार्यालय विराटनगरले जानकारी दिएको छ ।
संक्रमितहरुको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा ३० जना साथै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ र मोरङको गोठगाँउ स्थित आइसोलेसन सेण्टरमा ८८ जनाको उपचार भइररहेको छ ।
उपचार गराइरहेका संक्रमितहरुमा कुनै लक्षण देखिएको छैन भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । सामान्य लक्षण नभएका संक्रमितहरुलाई आइसोलेसन अस्पतालमा राखेर उपचार गरिने प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमण देखिएका मध्ये ४ जनामा मधुमेह, १ जनामा उच्चरक्तचाप, २ जनामा थाईराइड र १ गर्भवती महिला भएको बताईएको छ । उनीहरु सवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता