वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३० संक्रमित निको भएर घर फर्के


धरान, २९ जेठ । कोरोना संक्रमण भई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ३० जना घर फर्केका छन् । झापाका ३० जना पुरुष बिहीबार कोरोना जितेर घर फर्केका हुन् ।
प्रतिष्ठानको ल्याबमा पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भइ घर फर्केका जानकारी दिदै प्रतिष्ठानका प्रवक्ता प्राध्यापक डाक्टर निदेश सापकोटाले डिस्चार्ज हुनेमा १८ वर्ष देखि ४५ वर्ष सम्मका पुरुष रहेको जानकारी दिनुभयो ।
प्रतिष्ठानको आइसोलेसनमा अझै ३२ जना संक्रमित रहेको र उनीहरुको स्वास्थ्य सामान्य रहेको पनि उहाँले बताउनु भयो ।
यसैबीच सुनसरीमा बिहीबार ३ जना संक्रमित थपिएका छन् । हरिनगरा क्वारेन्टाइनमा वसेका २ र रामधुनीको क्वारेन्टाइनमा बस्ने १ जना गरी ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै सुनसरीमा संक्रमितको संख्या ४६ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता