थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ६ सय १४ पुग्यो


काठमाडौं, २९ जेठ । मुलुकमा थप २ सय ५० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय जना ५० संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ४ हजार ६ सय १४ पुगेको छ ।
मन्त्रालयका अनुसार विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीका ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका ३ जनामा संक्रमण पुष्टि भएको छ । उता, वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा भएको परीक्षणमा सप्तरीका ९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, जनकपुर प्रादेशिक अस्पतालमा भएको परीक्षणमा सर्लाहीका २ जना, रौतहटहका १५, महोत्तरीका ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, रुपन्देही प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कपिलवस्तुका १ जना, प्यूठानका ४ जना, रुपन्देहीका २९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, भेरि अस्पताल प्रयोगशालामा रोल्पाका १४ जना, बाँकेका १३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, नारायणी अस्पतालमामा गरिएको परीक्षणमा रौतहटका ३ जनामा संक्रमण देखिएको छ । यस्तै, हेटौंडाको तालिम केन्द्रमा भएको परीक्षणमा बाराका ७ र धादिङका ७ जनामा संक्रमण देखिएको छ । यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ९ जना मा संक्रमण देखिएको छ ।
यता, सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका ४८ जना, सुर्खेतका ७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ७ जना, बाजुराका १८ जना, बझाङका २ जनामा संक्रमण देखिएको छ ।
यता, धुलिखेल प्रयोगशालमा गििरएको परीक्षणमा नवलपारसी पश्चिमका ६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका एक जना, रौतहटका ३९ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार प्रदेश नम्बर १ का १३ जिल्लामा गरी ३ सय ७ जना, प्रदेश दुईमा ८ जिल्लाका गरी १ हजार ६ सय ७१ संक्रमित छन् । यस्तै, वागमती प्रदेशका १२ जिल्लाका गरी १ सय ४७ जना, गण्डकी प्रदेशका ९ जिल्लामा गरी १ सय ४७ जना पुगेको छ ।
मन्त्रालयका अनुसार प्रदेश पाँचका १२ जिल्लामा गरी १३ सय ९९ जना संक्रमित छन् भने कर्णालीका ९ जिल्लाका ७ सय ५९ जना र सदूरपश्चिम प्रदेशका ९ जिल्लामा गरी १ सय ९२ जना संक्रमित छन् । यस्तै, हालसम्म १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ३ हजार ७ सय ३८ जना छन् ।
यस्तै, आज १८७ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ८ सय ६१ पुगेको छ । मन्त्रालयका अनुसार मुलुकभर १ लाख १५ हजार ९ सय ३० जनाको पीसीआर र आरडीटीबाट १ लाख ७८ हजार १ सय ४३ जनाको परीक्षण भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता