तरकारी नष्ट नगर्न स्थानीय प्रशासनलाई दियो - गृह मन्त्रालयले निर्देशन

२१ जेठ, काठमाडौं । गृह मन्त्रालयले तरकारी नष्ट नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

सोमबार कास्कीमा चितवन र धादिङबाट लगिएको तरकारी नष्ट गरिएको थियो भने कपिलवस्तुबाट अर्घाखाँची लगेको तरकारी पनि सीमा क्षेत्रमा नै रोकिएको थियो  
यसको चौतर्फी विरोध भएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गृहलाई पत्र लेख्दै तरकारीलगायत कृषि उपजको ढुवानी रोकेर नष्ट नगर्न आग्रह गरेको थियो । स्वदेशी उत्पादन नष्ट गर्नेमाथि कारबाही गर्नुपर्ने मन्त्रालयको जोड थियो ।

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै तरकारी नष्ट नगर्न र कसैले जबरजस्ती गरे कारबाही गर्न समेत निर्देशन दिएको छ । साथै तरकारीलाई निर्वाध रुपमा बजारसम्म पुर्‍याउने व्यवस्था मिलाउन भनिएको गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले जानकारी दिएका छन् ।
तस्बिर सामाजिक सञ्जाल
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता