नेकपा नेतामाथि सिरहामा बम प्रहार


सिरहा, ०३ साउन । नेकपाका स्थानीय नेता तथा पूर्व गाबिस अध्यक्ष सुवरण यादवमाथि गएराति बम प्रहार भएको छ । सिरहा जिल्लको औरही गाउँपालिका–५ का उनलाई गएराति सुतिरहेको ठाउँमै बम प्रहार भएको हो ।
उनीमाथि अपरिचित समुहले बम प्रहार गरेको बताइएको छ । बम प्रहारबाट उनको शरीरका धेरै ठाउँमा चोट लागेको छ । बम प्रहारपछि बेहोस भएका उनलाई उपचारको लागि राति नै लाहान लगिएको छ । प्रहरीको टोली गएराति नै घटनास्थल पुगेको थियो 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता