थप ४ सय ७३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १४ हजार ५ सय १९ पुग्यो


काठमाडौं, १८ असार । मुलुकमा थप ४ सय ७३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ७३ जना संक्रमित थपिएका हुन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या १४ हजार ५ सय १९ पुगेको छ । मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा १ सय ९ महिला र ३ सय ६४ पुरुष छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता