टिचिङ अस्पतालमा कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु


काठमाडौं, १८ असार । कोरोनाको संक्रमणबाट त्रिवि शिक्षण अस्पतालमा ४५ दिने शिशुको निधन भएको छ । उपचारको क्रममा कोराना भाइरसको संक्रमण भेटिएका शिशुको बुधबार बेलुका ज्यान गएको हो ।
घाँटीमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो।
शिशुको बुधबार बेलुकी अस्पतालमा नै ज्यान गएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले जानकारी दिनुभयो । उहाँका अनुसार ‘शिशुको उपचारको क्रममा हिजो बेलुकी निधन भएको हो । शिशुका बुवा, आमा र फुपूमा कोरोना संक्रमण परीक्षण गर्न नमुना संकलन गरी पठाइएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता