गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि


पाेखरा, १८ असार । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा थप ८ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार बागलुङमा एक पुरुष, स्याङ्जाको कालिगण्डकी र वालिङमा एक–एक गरी दुई पुरुष रहेका छन् । यसैगरि, तनहुँको ऋषिङ गाउँपालिकामा ३ पुरुष र पर्वतको फलेबास, कुश्मामा गरि दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १०१४ पुगेको छ । कोरोना संक्रमणबाट यो प्रदेशमा दुई जनाले ज्यान गुमाई सकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता