फेसबुकमा लाइभ गर्दै युवतीले आत्मह’त्या गरिन्


दाङ, १८ असार । दाङको तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गर्दै आत्मह’त्या गरेकी छन् ।
तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले गत राति फेसबुकमा लाइभ गरेर आत्मह’त्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।
गौतमको केही समयअघि डि’भोर्स भएको खुल्न आएको तुल्सीपुर प्रहरीले प्रारम्भिक जानकारी प्राप्त भएको तर थप अनुसन्धान बाँकी रहेको एसपी चन्दले बताए ।
गौतम आफ्नो माइतीमा बस्दै आएकी थिइन् । गौतमकी छोरी पहिलाको श्रीमानसँगै बसिरहेकाे बताइए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ । आमाबाबु भारतमा काम गएकोले उनी कोठामा एक्लै बस्ने गरेको बताइएको छ । मृतक युवतीको शव पोष्ट-मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता