त्रिशूलीमा जिप खसेर बेपत्ता, खोजी कार्य जारी


धादिङ, १९ असार । पृथ्वी राजमार्गअन्तरगत धादिङको मौवाखोला नजिक बाँदरे भीरबाट जिप त्रिशूली नदीमा खसेर बेपत्ता भएकाे छ ।
चितवनकाे मुग्लिनबाट काठमाडाैँतर्फ आइरहेको जिप  बिहीबार बिहान त्रिशूलीमा खसेको बताइएको छ । जिप हराइरहेकाे हुँदा उक्त गाडीकाे नम्बर पनि पत्ता लागेकाे छैन भने कति यात्रु थिए भन्ने पनि यकीन हुन सकेकाे छैन । हराइरहेकाे जिपकाे खाेजी गर्न घटनास्थलमा  गोताखोरकाे टाेली परिचालित रहेकाे धादिङ प्रहरीले जनाएकाे छ ।
खाेजीमा सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू जुटिरहेकाे बताइएकाे छ। नदीमा पानीको बहाव बढी भएकोले खाेजी कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता