इलामको सूर्योदयमा पनि सलह किराको प्रवेश

  •  मनोज अधिकारी

फिक्कल, १९ असारः  इलाममा पनि विनासकारी सलह किरा प्रवेश गरेको छ । सूर्योदय नगरपालिका १ गोर्खेको धजेमा बिहीबार बिहान करिब ११ बजे देखिएको सलहको झुण्डले चिया मकै,इस्कुस लगायत बालिनालीमा क्षति पुर्याएको स्थानिय कुल प्रसाद ढकालले जानकारी दिनुभएको छ ।  अनुसार, ‘स्थानिय चेतन ढकालको चियाबगानमा र अन्यको बालीनालीमा सलहले क्षति पुर्याएको हो । 
करिब १० रोपनी क्षेत्रफलमा लगाईएको चिया बगानमा  बसेको किराले चियाको मुना खानुका साथै चुँडाएर नष्ट समेत गरेको जनाईएको छ ।’ क्षतिको यकिन विवरण अहिले नै दिन नसकिने भएपनि नजिकैको रुङसुङ खोलाको किनार हँुदै प्रवेश गरेको सलहको झुण्डले आफुहरुको चिया , मकै , इस्कुस लगायत खेतीबालीमा क्षति पुर्याएको किसान किशोर खतिवडाले बताउनुभएको छ । छिचिमिरा झैँ अचानक करिब एक हजार बराबरको झुण्डमा देखिएका सो किरा स्थानियले नियन्त्रणमा लिने प्रयास गरेका थिए । 
करिब २०, २५ वटा मात्र नियन्त्रणमा  लिन सकिएपनि मानिस छेउ पुग्ने बित्तिकै तिव्र गतिमा भाग्ने भएकाले नियन्त्रण सम्भब नभएको अर्का किसान सुजन खतिवडाले बताउनुभएको छ ।  केही दिन अघि नेपाल भित्रिएको सलह किरा पहाडी क्षेत्रमा पनि उक्लिएको हो । अहिले धेरै ठुलो संख्या नभए पनि  करिब एक हजारको झुण्ड देखा परेको उहाँले बताउनुभयो । फेद कटुवा किरा र फौजी किराको प्रकोप झेलिरहेका इलामका  विभिन्न ठाउँका किसानहरू सलह किरा पनि देखिन थालेपछि चिन्तित बनेका छन् । 
फेद कटुवा किराले मकै बाली नष्ट गरेपछि दोस्रो पटक लगाएको मकैमा सलहको समेत प्रकोप देखिन थालेपछि अनिकाल हुने चिन्ता थपिएको किसान पुजन खतिवडाको भनाई छ ।  अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा ९सलह० नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता