कोरोना संक्रमणबाट नेपालमा थप १ को मृ’त्यु, मृतकको संख्या ३२ पुग्यो


काठमाडौं, १९ असार । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका नयाँ वानेश्वर बस्ने एक ८५ बर्षीय वृद्धको कोरोना भाइरस कोभिड १९ संक्रमणको कारण निधन भएको छ ।
उच्च रक्तचाप र पार्किन्सस रोग भएको र छाती एवं पिसाबमा देखिएको समस्याका कारण एक निजी अस्पतालमा भर्ना भएका ती बृद्धको कोरोना परीक्षण गर्दा पोजिटिभ पाइएको हो ।
उनको उपचारको क्रममा निधन भएको थियो । योसंगै कोभिड १९ बाट नेपालमा मृ’त्यु हुनेको संख्या ३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता