दोलखामा पुरुषद्वारा पुरुषमाथि करणी, प्रहरीले थाल्यो छानविन


दोलखा, १९ असार । दोलखाको भिमेश्वर नगरपालिका–३ मा १२ वर्षीय भाईको गुदद्वारमा अप्राकृतिक मैथुन गरेको अभियोगमा २२ वर्षीय दाई प्रहरी नियन्त्रणमा परेका छन् । २२ वर्षीय युवकले गत मंगलबार आफ्नै घरमा काकाको छोरा (१२ वर्षीय भाई)लाई बोलाएर गुदद्वारमा अप्राकृतिक मैथुन गरेका थिए ।
गुदद्वारमा अप्राकृतिक मैथुन गरेको भन्दै २२ वर्षीय युवकविरुद्ध किटानी जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित बालकको चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएपछि विहीबार डिस्चार्ज गरी अभिभावकको जिम्मा लगाइएको छ ।
अप्राकृतिक मैथुनका कारण पीडित बालकको गुदद्वारबाट रक्तश्राव भएको कारण उपचारका लागि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो ।
प्रारम्भिक सोधपुछको क्रममा नियन्त्रणमा परेका २२ वर्षीय युवकले (१२ वर्षीय भाई)लाई जबरजस्ती करणी गरेको स्वीकार गरेको डीएसपी पोखरेलले जानकारी दिनुभएको छ । दोलखा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीले बालकको चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रको रिपोर्ट बाहेक विभिन्न भौतिक बस्तुहरुलाई थप परीक्षणको लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ । उक्त युवकलाई मुलुकी अपराध संहिता २०७४ को दफा २२६ को उपदफा ३ बमोजिम मुद्दा चलाइने प्रहरीको भनाइ छ ।
उपदफा ३ मा बालबालिका विरुद्ध अप्राकृति मैथुन गर्नेलाई दफा २१९ बमोजिम १८ बर्षदेखि २० बर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
न्युज२४ नेपालबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता