इलामको पशुपतिनगरमा भन्सार छलेर ल्याएको ९० बोरा मल, दुइवटा पिकअप सहित तीन जना पक्राउ


इलाम, १९ असारः इलामको सूर्योदय नगरपालिका ३ कटेबुङमा भन्सार छलेर ल्याएको ९० बोरा मल, दुइवटा पिकअप सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 
पशुपतिनगरको खुल्ला सिमाना प्रयोग गरी भारतबाट तस्करी गरी बिभिन्न मालसामान ल्याउदै गरेको बिशेष सूचनाको आधारमा  इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलि खटाईएकोमा उक्त टोलिले सूर्योदय नगरपालिका वडा नं ३  कटेबुङ स्थित भारतबाट ल्याउदै गरेको बा १७ च ८४३४, मे १ च ९८६ र बा १८ च ९७२ पिकअप गाडीहरु चेकजाच गर्दा उक्त गाडीहरुमा लुकाई छिपाई तस्करी गरी ल्याएको ९० बोरा Yaravera नामको मलहरु फेला पारी तत्काल नियन्त्रणमा लिई उक्त सवारी साधन, मल बरामद गरी  चालकहरु सूर्योदय नगरपालिका ३ बस्ने बर्ष १९ को अंकित कार्की, सोही स्थान बस्ने  बर्ष २१ को अमर यल्मो र  सोही स्थान बस्ने  बर्ष २० को अभिषेक खवासलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय पशुपतिनगर पठाईएको जिल्ला प्रहरीकार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदी जानकारी गराए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता