नेकपा विवाद : मतभेद मात्र नभइ मनभेद पनि बढ्यो नेताहरुबीच, फुटको आशंकालाई मलजल


काठमाडौं, १९ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा बढेको विवाद समाधानका लागि शुक्रबार दिनभर विभिन्न समूहमा छलफलहरु भए । पार्टी विभाजन नजिक पुगेको आंकलन गरिरहँदा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटे ।
तर, ठोस निष्कर्ष निकाल्न दुबै अध्यक्ष सफल बनेका छैनन् । शनिबार पनि छलफलले निन्तरता पाउने भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल तथा वरिष्ठ नेता माधव नेपाल समूहबीच मतभेद मात्र होइन मनभेद अहिले नै सुरु भएको होइन ।
मतभेद मात्र होइन, मनभेद पनि बढेको छ, सत्तारुढ नेकपाका शीर्षनेताहरुबीच । प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल तथा नेपालबीचको विवादले पार्टीलाई फुटको संघारमा पु¥याएको छ । अबको नेकपा भविष्य के होला रु फुटको आशंका गर्नेहरुलाई मद्दत पु-याएको छ ।
नेकपा विवादको श्रृंखला अहिलेको होइन । पार्टी एकताको चार महिनाबाटै विवादले जरा गाड्यो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको हो । तत्कालीन माओवादीमा खासै समस्या नभएपनि एमालेभित्र शक्ति संघर्ष कायमै थियो ।
एकतापछि दुई अध्यक्षको अवधारणा बन्यो त्यसपछिको वरियतामा माधवकुमार नेपाललाई राखियो । एकताकाबेला विदेश गएका झलनाथ खनाललाई नेपालपछिको वरियतामा राखिएपछि नै आन्तरिक मनमुटाव सुरु भएको हो । केन्द्रीय कमिटी बाहेक प्रदेश कमिटी गठनमा नेपाल पक्षलाई ‘मिनिमाइज’ गरेपछि ओली र नेपालबीच तित्तता सुरु भयो ।
यतिवेलासम्म ओली र दाहाल एक ठाउँमै रहे । ओली–नेपालबीचको बढ्दो तित्तताको फाइदा खनालले पाए । वरियतामा नेपालभन्दा अघि खनाल आइपुगे । तत्कालीन एमालेभित्रको जुँगाको लडाईं नेकपामा देखियो । यो विवादसँगै मिलेका ओली–दाहालबीच पनि तित्तता सुरु भयो ।
सरकारको नेतृत्व आधा–आधा समयका लागि गरेर जाने सहमति बनेको अध्यक्ष दाहालले खुलासा गरेपछि दुईनेताबीचको विवाद सतहमा आयो । त्यसपछिका दिनमा यी दुई अध्यक्षले एक–अर्काप्रति अविश्वास बढाएको जानकारहरु बताउँछन् ।
विवादले चरमरुप लिएपछि गत मंसिर ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर दुई अध्यक्षले पार्टी र सरकार मिलेर चलाउने सहमति गरेका थिए । संसदको यो अवधिभर ओली सरकारमा केन्द्रित रहने र दाहालले कार्यकारी अध्यक्षका रुपमा पार्टी चलाउने लिखित सहमति दुबै अध्यक्षले गरेका थिए ।
केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई लगाएको आरोप :
  • –सरकारलाई राम्ररी नसघाएको
  • –सार्वजनिक रुपमा सरकारको बचाउ नगरेको
  • –गुटको भेला गरेर आफूविरुद्ध घेराबन्दी गरेको
  • –काम गर्न पार्टीले असहयोग गरेको
ओलीको आरोप रहँदै गर्दा दाहालको पनि ओलीसँग थुप्रै आरोप र गुनासो छ ।
पुष्पकमल दाहालको केपी शर्मा ओलीसँगको असन्तुष्टि :
  • –सहमतिपछि कार्यकारी अध्यक्षका रुपमा काम गर्न नदिएको
  • –सार्वजनिकरुपमै आफू पहिले नम्बरको अध्यक्ष रहेको र आफ्नै नेतृत्वमा पार्टी चल्ने अभिव्यक्ति दिएको
  • –पार्टी बैठक सञ्चालनसमेत आफूले मात्रै गर्ने गरेको
  • –एमसीसी, विधेयक लगायतका विषयमा पार्टीमा छलफल नगरेको
  • –गुटगत भेला र सीमित घेरामा रमाउने गरेको
यी र यस्तै थ्रुपै आरोपहरु दाहालले लगाउने गरेका छन् । पटक–पटक ओलीले दाहाल, खनाल, नेपाल र उपाध्यक्ष बामदेव गौतमलाई आफू अनुकुल प्रयोग गर्न खोजेपछि अहिले यी सबै नेताहरु एकठाउँमा उभिएका छन् । चार शीर्ष नेताहरुले नै अहिले ओलीको बहिगर्मनलाई मुख्य मुद्दा बनाएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता