क्वारेन्टाइनमा मृत्यु भएका पुरुषको रिपोर्ट पोजिटिभ, शव सेनाले व्यवस्थापन गर्दै


बागलुङ, २१ असार । बागलुङको ढोरपाटन नगरपालिका स्थित क्वारेन्टाइनमा शनिबार राति मृत्यु भएका निसीखोला गाउँपालिकाका युवाको कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निसीखोला–२ का २९ वर्षीय पुरुष रिपोर्ट पोजिटिभ आएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा। मिलन मल्लले जानकारी दिनुभयो ।
उनी केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसिरहेका थिए । मृतक युवाको शव नेपाली सेनाले व्यवस्थापन गर्दैछ ।
योसंगै नेपालमा कोरोना भाइरस कोभिड १९ बाट मुत्यु हुनेको संख्या ३५ पुगेको छ । यद्धपि यस्को स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गर्न भने बाँकी छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता