प्रदेश १ मा आइतबार ५ संक्रमित थपिए, संक्रमितको संख्या ६ सय ७० पुग्यो

विराटनगर, २१ असार । प्रदेश १ मा आइतबार ५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २, झापामा २ र पाँचथरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७० पुगेको छ ।

प्रदेश १ का जिल्लाहरुमा सवै भन्दा बढी झापा जिल्लामा मात्र २ सय ७८ जना संक्रमितहरु छन, भने मोरङमा १ सय ७४ पुगेका छन् । यसै गरी सुनसरीमा ९२ पुगेको छ भने धनकुटामा ८ , भोजपुरमा ६, खोटाङमा १०, उदयपुरमा ७२ ,सोलुखुम्बुमा १ , संखुवासभामा ५ जना, तेह्रथुममा ३ जना, इलाममा ११ जना, पाँचथर ४ ताप्लेजुङमा ५ जना र ओखलढुङगामा २ जना संक्रमितहरु रहेका छन् ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ५७ पुगेको छ । कोभिड अस्पतालमा र आइसोलेसन सेनटरमा गरी प्रदेश १ मा १ सय ९१ जना संक्रमितहरुको उपचार भइरहेको सो मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता