बिहीबार इलाम अस्पताल ल्याउँदा फरार भएका अभियुक्त पुवा खोलाबाट पक्राउ

इलाम, १६ साउनः बिहीबार इलाम अस्पताल ल्याउँदा फरार भएका अभियुक्त पुवा खोलाबाट शुक्रबाट पक्राउ परेका छन् । इलाम अस्पातालमा स्वास्थ्य परिक्षण गर्न लिएको कैदी बिहीबार फरार भएका थिए ।   
इलाका प्रहरी कार्यालय पशुपतिनगर इलामबाट सार्वजनिक नैतिकता बिरुद्धको कसुर अन्तर्गत (अभद्र ब्यबहार गर्न नहुने) मुद्दामा म्याद थपको लागी जिल्ला प्रशासन कार्यालय इलाम ल्याईएका जिल्ला पाँचथर कुम्याक गाँउपालिका वडा नं.१ स्थाई ठेगाना भई हाल जिल्ला इलाम सुर्योदय नगरपालिका १० फिक्कल डेरा गरी बस्ने बर्ष अ. ३३ को किरन त्रिखत्री इलाम अस्पतालको  कम्पाउण्डबाट हातमा लगाएको हतकडी खुस्काई भागी फरार भएकोमा निजलाई खोजतलास गर्ने क्रममा  इलाम नगरपालिका १ पुवाखोलामा लुकिछिपि बसेको अवस्थामा जिल्ला प्रहरी  कार्यालय इलामबाट खोजतलासको लागि खटीएको प्रहरी कर्मचारीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाम ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता