नेपालमा कोभिड १९ बाट थप ४ जनाकाे मृत्यु, नेपालका मृतककाे संख्या ५६ पुग्यो : स्वास्थ्य मन्त्रालय


काठमाडौं, १६ साउन । नेपालमा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार मात्र पर्सा र बारामा ३ जना एवं शुक्रबार ललितपुरमा १ जना गरी चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
बारा र पर्सामा आज मात्रै तीन जना र पाटन अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएसँगै संख्या ५६ पुगेको हो । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको थियो ।
मुटुको रोगी उनमा कोरोना संक्रमण देखिएपछि अवस्था गम्भीर भएसँगै आईसीयु र भेन्टिलेटरमा समेत राखेर उपचार गरिएको थियो । त्यसैगरी वीरगञ्ज–१६ नगवाका ३५ बर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
ज्वरो आउने, श्वासप्रस्वासमा समस्या लिएर मंगलबार आइपुगेका उनको स्वाबको नमुना लिएर इमजेन्सीमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बिहीबार बेलुकी निधन भएको थियो ।
ज्वरो आएपछि उनीहरु साउन ५ गते निजी क्लिनिकमा पुगेका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटलमा भर्ना भएका थिए भने सोही दिन कोरोना अस्पतालमा रिफर गरिएको थियो । यस्तै वीरगञ्ज–२ छपकैयाका ६५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
घरमै मृत्यु भएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले गएर दिउँसो स्वाब संकलन गरेको थियो । बेलुका पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । यता, पर्सा जिल्ला वडा नम्बर ११ स्थायी घर भई थसिखेल ललितपुर बस्ने एक महिलाको आज पाटन अस्पतालमा मृत्यु भएको छ ।
मधुमेह, प्रेसरको बिरामी भएपछि साउन ६ गते पाटन अस्पतालमा भर्ना गरिएको थियो । त्यसअघि, ज्वरो खोकी भएसँर्गै उपचारका लागि स्टार अस्पताल भर्ना हुनुभएकी उहाँमा साउन ६ गते कोरोना पुष्टि भएपछि पाटन अस्पताल भर्ना गरिएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता