पछिल्लो २४ घण्टामा २ सय २४ संक्रमित थपिए, संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुग्यो


काठमाडौं, १६ साउन । मुलुकमा थप २ सय २४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय २४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।
यस्तै सक्रिय संक्रमितको संख्या भने ५ हजार ३ सय १६ छ । मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका १२ जना, मोरङका १५ जना, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका १ जनामा संक्रमण देखिएको छ ।
यस्तै, जनकपुर प्रयोगशालामा धनुषाका १ जना, बाराका १ जना, सर्लाहीका १ जना, भरतपुर अस्पताल भरतपुरमा नवलपरासी पूर्वका २ जनामा संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालमा भएको परीक्षणमा बाराका २ जना, पर्साका ४१ जना, रौतहटका १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बझाङका २५, कैलालीका १५, काठमाडौंका ८, नुवाकोटका २ जनामा कोरोना पुष्टि भएको छ ।
शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भएको परीक्षणमा बारका १ जना, काठमाडौंका ३ जना, ललितपुरका २, रौतहटका २ जना, प्रहरी अस्पतालमा भएको परीक्षणमा काठमाडौंका १८, ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, कोरिया मैत्री अस्पतालमा भक्तपुरका १ जना, किटजन्य प्रयोगशाला हेटौंडामा मकवानपुरका १ जनामा संक्रमण पुष्टि भएको छ । यता, धुलिखेल अस्पतालमा दार्चुलाका १६ जना, कञ्चनपुरका १८ जना, पाटन अस्पताल ललितपुरमा भएको परीक्षणमा काठमाडौंका २, ललितपुरका २ जना, सप्तरीका १ जनामा संक्रमण देखिएको छ ।
यस्तै, वीर अस्पतालमा काठमाडौंका १ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका २ जना र जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कास्की १, म्याग्दीका २ जना, तनहुँका १ जनामा संक्रमण देखिएको छ ।
यता, लुम्बिनी प्रादेशिक अस्पतालमा भएको परीक्षणमा गुल्मीका २, रुपन्देहीका १ जना, भेरी अस्पतालमा बाँकेका १ जना, दैलेखका १ जना, दाङका १ जना र राप्ती विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालाबाट दाङका २ जनामा संक्रमण देखिएको छ । यस्तै, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका १जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा बैतडीका १० जना, डोटीका २ जनालाई संक्रमण पुष्टि भएको छ ।
योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ५ सय ७७ पुगेको छ । काठमाडौंमा ४ सय २२, ललितपुरमा ९७ र भक्तपुरमा ५७ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । त्यस्तै, हालसम्म १२ हजार १ सय ११ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ५ हजार २ सय २७ जना छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता