इलामममा थप ५ जनामा कोरोना संक्रमण पुष्टी, इलाममा संक्रमितकाे संख्या ४० पुग्याे

इलाम, १६ साउनः  इलाममा पाँच जनामा कोरोना भाईरस (कोभिड –१९) पोजेटिभ देखिएको छ । कोरोना पजेटीभ देखिएका सवै सशस्त्र प्रहरीहरु हुन ।  साउन ११ गते १५ जनाको श्वाव संकलन गरिएको थियो । जसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको शसस्त्र प्रहरीको एक नम्बर गणका प्रमुख सुधिर जँग थापाले बताए ।

उनका अनुसार, आज संक्रमण पुष्टि भएका सबै इलाम नगरपालिकाको सदरमुकाम स्थित शसस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत शसस्त्र प्रहरी रहेका छन् ।

उनीहरुलाई थप उपचारका लागि मोरङको गोठगाउँस्थित कोरोना अस्पताल लैजाने तयारी भईरहेको गणका थापाले बताए ।पछिल्लो पटक लगातार इलामका सुरक्षाकर्मीमा संक्रमण देखिन थालेको छ ।

यस अघि पाँच जनामा संक्रमण पुष्टि भईसकेको छ ।थप नयाँ संक्रमितसँगै सशस्त्र प्रहरीका जवान मात्रै १० जना पुगेका छन् । संक्रमण पुष्टि देखिएसँगै इलाम बजारमा नियमित गस्ति हुन छोडेको छ ।

गणमा संक्रमण पुष्टि भएसँगै सबै सेल्फ क्वारेन्टाइनमा रहेको गणका थापाले जानकारी दिए । उनले भने, अब ४० जनाको रिर्पोट आउन बाँकि रहेको र थप ४० जनाको पनि श्वाव संकलनको तयारी भईरहेको छ ।

यस अघि इलामका ३५ जनामा संक्रमण देखिएको थियो । ५ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता