इलामको माईका एक जनामा कोरोना पोजेटिभ, इलाममा कोरोना पोजेटिभको संख्या २४ पुग्यो


इलाम, ५ साउनः इलामको माई नगरपालिकाको  गरुवा बहुमुखी क्याम्पस क्वारिनटाईनमा रहेका एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।
माई नगरपालिका–४ कट्टेलटारका २६ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनी साउदीबाट आएका थिए । श्रावण २ गते गरेको २० जनाको पिसिआर परिक्षणमा उनको रिर्पोट पोजेटिभ देखिएको हो ।
उनीसंगै आएका तथा क्वारिनटीनमा संगै रहेका २ जनालाई पुन पिसिआर गर्ने गरि राखिएको छ भने पोजेटिभ रिर्पोट आएका ब्याक्तिलाई गोठगाँउ कोरोना आईसोलेशन लगिएको स्वास्थ्य शाखा माईले जनाएको छ । नेगेिटभ रिर्पोट आएका १६ जनालाइ आजै होम क्वारिनटीनमा पठाइएको र १३ जना गरुवा बहुमुखि क्याम्पस क्वारिनटाईनमा रहने छन ।
इलाममा हाल सम्म २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । १२ जनाले कोरोना जीतेर घर फर्किसकेका छन् । इलाममा हाल सम्म ५ वटा स्थानीय तहमा कोरोना पोजेटीभ देखिएको छ । इलामको इलाम नगरपालिकामा ८ जना, सूर्योदय नगरपालिकामा ११ जना, माई नगरपालिकामा २ जाना, देउमाई नगरपालिकामा २ जना, रोङ गाउँपालिकामा १ जना छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता