इलामको माइखोलाको वढीमा फसेका दुइ जनाको नेपाली सेनाद्वारा उद्दार


इलाम, ५ साउनः इलामको माइखोलामा आएको वाढीमा फसेका दुई जनालाई गढी थुम्कामा रहेको पशुपतिप्रसाद गणबाट गाएको उद्दार टोलीले उद्दार गरेको छ । माइजोगमाई ५ का ६५ वर्षिय लोक वहादुर नेम्वाङ र ३० वर्षिय जोजो लिम्वुलाई नेपाली सेनाको उपसेनानी अभिषेक साहीको कमाण्डमा गएको टोलीले उद्दार गरेको हो । 
माइखोलामा रहेको माइजोगमाई र इलाम नगरापालिका ५ जोड्ने झोलुङ्गे पुलभन्दा केही माथी रेहको गोठमा उनीहरु फसेका थिए । वगरमा खोलाको भंगालो फाटिएर दुईतिर भए पछि गोठ विचमा परेर उनीहरु वढीमा फसेको नेपाली सेनाले जानकारी गराएको छ । 
वेलुका ५ वजे माइखोलामा आएको वढीमा फसेका उनीहरुलाई  लाईफ ज्याकेट लगाएर प्युठ लगुधन राईले वहादुरीका साथ उनीहरुको राती १० वजे उद्दार गर्न सफल भएको पशुपति प्रसाद गण इलामका गणपति प्रभात थपालाई सम्पर्क गर्दा जानकारी गराउनु भएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता