काठमाडौं उपत्यकामा एकै दिन ५३ संक्रमित थपिए, २३ संक्रमित नेपाल प्रहरीका

काठमाडौं, १३ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५३ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा पछिल्लो केही दिनदेखि निरन्तररुपमा संक्रमितको संख्या थपिदा यो हालसम्मकै एकै दिनको उच्च भएको बताइएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाल प्रहरीको महाराजगञ्जस्थित प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २१ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा काठमाडौंका ११ जना, र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ भने शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ९ जना र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना र ललितपुरलका २ जनामा संक्रण्मा देखिदा शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा भेटिएको पछिल्लो २४ घण्टामा नेपाल प्रहरीका २३ जना रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता