तीजमा दरखाने निम्ता गर्दै इलामेली चेली कोपिला (भिडियो सहित)

इलाम, १३ साउनः  तीज पर्वलाई लक्षित गरी गायिका कोपिला गौतमले मेरै घरमा दर खाउँला भन्ने मौलिक तीज गीत सार्वजनिक गरेकी छन ।
गोविन्द मधुर आचार्यको शव्द तथा संगित रहेको सो गीतमा कोपिलाको एकल स्वर रहेको छ । गायिका गौतमले उक्त गीतको म्युजिक भिडियो आफनै युटयुब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।
भिडियोमा चर्चित मोडेल करिष्मा ढकालले अभिनय गरेकी छन । उक्त भिडियोलाई शंकर विसीले निर्देशन गरेका हुन् ।  इलाम घर भएकी कोपिलाले लोकदोहोरीमा छुट्टै पहिचान बनाएकी छिन् । उनी पूर्वका चर्चित लोक गायकरगीतकार देवी गौतमकी छोरी हुन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता