प्रदेश १ मा १७ संक्रमित थपिए, ४९ डिस्चार्ज


विराटनगर, २४ असार । प्रदेश १ मा वुधबार १७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३, झापामा ७ र सुनसरीमा २, ते¥हथुममा १, ताप्लेजुङ र इलामका २–२ जनामा संक्रमण देखिएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुष, झापाको मेचीनगरमा एक महिला, ४ पुरुष, विर्तामोड र हल्दीबारीमा १–१ जनापुरुष, सुनसरीको इटहरीका २ पुरुष, ताप्लेजुङको फुङलिङमा एक महिला, ते¥हथुमको लाली गुराँसमा एक पुरुष, इलामको सन्दकपुरमा २ पुरुषमासंक्रमण देखिएको छ ।

योसंगै प्रदेश १ माकोरोना संक्रमितको संख्या ७ सय २ पुगेको छ । प्रदेश १ मा बुधबार ४९ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १४ जना र पूर्वाञ्चल विश्वविद्यालय सुन्दर हरैचा कोभिड १९ आईसोलेसन अस्पतालबाट ३५ जना डिस्चार्ज भएका छन् ।
डिस्चार्ज भएकामा ३९ पुरुष र १० महिला रहेका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ५ सय २७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता