इलाममा दुइजना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १३ पुग्यो


इलाम, २४ असारः इलाम नगरपालिकाको जिल्ला समन्वय समितिको क्वारेन्टाइनमा रहेका दुईजनाको पिसिआर रिपोट पोजेटिभ आए सँगै इलाममा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । विराटनगरमा गरिएको परिक्षणमा इलाम नगरपालिका ८ का २५ वर्षिय पुरुष र सन्दकपुर गाउँपालिका ५ जमुनाका ३५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
 सन्दकपुर गाउँपालिका संक्रमित असार १६ गते मलेसियाबाट आएर इलामको क्वारेन्टाइनमा वसेका थिए भने इलाम नगरपालिकाका संक्रमित साउदी अरवबाट १७ गते इलाम आएर क्वारेन्टाइनमा वसेका थिए । दुवै संक्रमितलाई गोठगाउँमा रहेको कोरोना अस्पताल पठाइएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन विमल बरालले जानकारी गराए । 
इलामा अहिले सम्म १३ जना संक्रमित फेला परेका छन् भने ५ जना कोरोनाको उपचार पछि घर फर्किएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता