सिन्धुपाल्चोकमा बाढीले १५ घर बगायाे : १९ वेपत्ता, दुईको शव भेटियाे


काठमाडौं, २५ असार  । सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले बगाउँदा वेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएकाे हाे ।
स्थानीय अनन्तप्रकाश श्रेष्ठका  अनुसार  १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ । बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको उनले बताए । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति वेपत्ता भएको बताउनुभयो ।
जलविद्युत आयोजनाहरुमा पनि बाढीले क्षति पुर्याएको छ । यस्तै आपतोल भन्ने ठाउँमा पक्की पुल बगाएको छ ।
इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले बगाएको प्रहरी निरीक्षक न्यौपाने जानकारी दिनुभयाे । ‘घर बगाएको ठाउँ मवाट चार किलोमिटर मात्रै रहेपनि सडक नभएकाले दुई घन्टा लाग्ला म त्यतै जाँदैछु,’ प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो ।
बाह्रबिसेको जुरेदेखि नै बाटो अबरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएकाे छ ।
अहिले सभामुख अग्नीप्रसाद सापकोटा सहितको टोली हेलिकोप्टरवाट सिन्धुपाल्चोक जाने तयारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

 तस्वीर : केशव राज पैडेल
न्युज२४बाट साभार गरिएकाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता