पछिल्लो २४ घण्टामा १ सय ५० संक्रमित थपिए, संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुग्यो


काठमाडौं, ६ साउन । मुलुकमा थप १ सय ५० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ५० संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।
यस्तै नेपालमा अझै ५ हजार ४ सय ७७ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगर प्रयोगशालामा इलामका २ जना, सप्तरीका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ३ जनामा संक्रमण देखिएको छ ।
यस्तै, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका २ जना, सर्लाहीका १ जना, उदयपुरका ८ जनामा संक्रमण पु्ष्टि भएको छ । यस्तै, जनकपुर प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २९, महोत्तरीका १३ जनामा संक्रमण देखिएको छ ।
नारायाणी अस्पतालमा पर्साका २ जनामा र भरतपुरमा भएको परीक्षणमा चितवनका ४ जनामा संक्रमण पुष्टि भएको छ । किटजन्य प्रयोगशाला हेटौंडामा मकवानपुरका ५ जना, धुलिखेल अस्पतालमा काभ्रेपलाञ्चोकका १ जना, रामेछापका २ जनामा संक्रमण पुुष्टि भएको छ ।
यता, पाटन अस्पताल ललितपुरमा भएको परीक्षणमा सर्लाहीका १ जना, त्रिवि शिक्षण अस्पतालमा चितवनका १ जना, कैलालीका १ जना, काठमाडौंका ८ जना, महोत्तरी, नुवाकोट र सर्लाहीका १ जनामा संक्रमण देखिएको छ ।
स्टार अस्पताल प्रयोगशाला सानेपामा ललितपुरका १ जनामा संक्रमण देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोरखाका ३ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामै गरिएको परीक्षणमा म्याग्दी, स्याङजा र बागलुङका ३÷३ जनामा संक्तमण देखिएको छ ।
रुपन्देही प्रयोगशालामा नवलपरासीका १ जना र भेरी अस्पतालमा बाँकेका र दाङका ३/३ जनामा संक्रमण देखिएको छ । यस्तै, सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा दैलेखका १ जना र सल्यानका १ जनामा संक्रमण देखिएको छ ।
यता, दैलेख प्रयोगशाला दैलेखमा भएको परीक्षणमा दैलेखका ९ जनामा संक्रमण देखिएको छ ।
यस्तै, चौरजहारीमा गरिएको परीक्षणमा सल्यानका १ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा डोटीका ४ जना र सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३ जना, बझाङका ४ जना, कञ्चनपुरका २० जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार २१ हजार ७ सय ४ जना क्वारेन्टिनमा छन् भने ५ हजार ४ सय ७७ जना आइसोलेसनमा छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता