झापा काँकरभिट्टाका २ शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि


झापा, ६ साउन । झापाको काँकरभिट्टाका क्षेत्रमा खटिएका दुईजना शसस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण देखिएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको पीसीआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौम्लागाईँले बताउनुभयो । २१ र २७ बर्षीय उनीहरु दुवै मेचीनगर नगरपालिका वडा नं. ६ निवासी हुन् ।
आज संक्रमण पुष्टि भएकाहरु काँकरभिट्टा होल्डिङ सेन्टर र क्वारेन्टाइनमा खटिएको बताइएको छ । उनीहरुको थप उपचारका लागि मोरङको गोठगाउँस्थित कोभिड आइशोलेसन केन्द्र लागिएको छ ।
यो सँगै झापामा संक्रमितको संख्या ३ सय १८ पुगेको छ । २ सय ९८ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता