इलाम नगरपालिकाको क्वारेन्टीनमा खटिएका २ जनामा संक्रमण, इलाममा संक्रमितको संख्या २६ पुग्यो

इलाम, ६ साउनः इलाम नगरपालिकाको क्वारेन्टाइनमा रहेका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । इलाम नगरपालिकाका एकजना सफाई कर्मचारीमा र डिउटीमा खटिएका एकजाना नेपाली सेनाका जवनलाई कोरोना संक्रमण पुष्टी भएको हो । दुवैजना इलाम नगरपालिकाको क्वारेन्टाइनमा खटिएका थिए । उनीहरु क्वारेन्टाइनबाट बाहिर नगएको पनि इलाम नगरपालिकाका नगर प्रमुख महेश वस्नेतले गराउनुभयाे । 
इलाममा हाल सम्म २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । १२ जनाले कोरोना जीतेर घर फर्किसकेका छन् । इलाममा हाल सम्म ५ वटा स्थानीय तहमा कोरोना पोजेटीभ देखिएको छ । इलामको इलाम नगरपालिकामा १० जना, सूर्योदय नगरपालिकामा ११ जना, माई नगरपालिकामा २ जाना, देउमाई नगरपालिकामा २ जना, रोङ गाउँपालिकामा १ जना संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता