प्रदेश १ मा थप ४० जनामा कोरोना संक्रमण पुष्टि, ५ जना डिस्चार्ज भए

 

विराटनगर, २५ साउन । प्रदेश १ मा आइतबार थप ४० जना कोरोना संक्रमितहरु थपिएका छन्, भने ५ जना डिस्चार्ज भएका छन् । मोरङका २९ जना, सुनसरीका ६ जना र झापाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मोरङको विराटनगरका १० महिला १९ पुरुष, सुनसरीको धरानका १ महिला २ पुरुष, ईटहरीका १ महिला १ पुरुष, बर्जुका १ पुरुष, झापाको बा¥हदशीका १ महिला १ पुरुष, अर्जुनधाराका २ र दमकका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या १ हजार ४ सय २३ पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङका ३ जना, उदयपुर र सुनसरीका १–१ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेहरुको संख्या ९ सय १५ पुगेको छ ।

प्रदेश १ मा आइतबार १ हजार १ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ महिला र २७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म ५३ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment