नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २५ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

कास्कीमा १ र पर्सामा १ जनाको मृत्यु भएसँगै संख्या ७५ पुगेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

उहाँलाई साउन १७ गते आईसीयूमा राखेर उपचार गरिएको थियो भने उहाँ डायबिटिजबाट समेत पीडित हुनुहुन्थ्यो ।

यस्तै, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने २० वर्षीय युवतीले उपचार नपाउँदा मृत्यु भएको छ । उनलाई गण्डक अस्पताल पु¥याएपछि मृत घोषणा गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment