काठमाडौं उपत्यकामा ९२ संक्रमित थपिए, काठमाडौंमा मात्र ९० संक्रमित थपिए



काठमाडौं, २५ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमााडौंमा मात्र ९० संक्रमित थपिएका छन् भने ललितपुर २ संक्रमित थपिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार १ सय ३६ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ४४ जनामा र ललितपुरका १ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १८ जनामा संक्रमण देखिएको छ भने स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १३ जनामा र ललितपुरका १ जनामा संक्रमण देखिएको छ ।

यसैगरी पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा र वीर अस्पतालमा काठमाडौंका १ जनामा संक्रमणको पुष्टि भएको छ । यता ह्याम्स अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा संक्रमण पुष्टि भएको छ भने नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंंको १ जनामा संक्रमण देखिएको छ ।

यस्तै बीरेन्द्र सैनिक अस्पतालमा गरिएको परीक्षणमा काठमााडौंका १ जनामा संक्रमण पाइएको छ । योसँगै काठमाडौंमा संक्रमितको कुल संख्या ९ सय १६ , ललितपुरमा १२९ र भक्तपुरमा ८५ संक्रमित गरी उपत्यकामा संक्रमित हुनेको संख्या कुल संख्या १ हजार १ सय ३६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment