प्रदेश २ मा डब्ल्यूएचओको प्रतिनिधिसहित १ सय १० जनामा संक्रमण

जनकपुरधाम, २५ साउन । प्रदेश २ मा विश्व स्वास्थ्य संगठन डब्लुएचओका एकजना प्रतिनिधि सहित १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा डब्लु एच ओ का एक जना प्रतिनिधि, मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिनुभयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालबाट आएका रिर्पोट अनुसार १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताउनुभयो ।

आइतबार सबैभन्दा बढी धनुषामा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बारामा २३, महोत्तरीमा २१, सप्तरीमा १२, पर्सामा ५, रौतहटमा ४, सर्लाही र सिरहामा तीन/तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषामा जकपुरधाम उपमहानगरपालिकाका ९ जना, जनकपुरधाममै डब्लु एच ओ का १ जना, मुख्यमन्त्री कार्यालयका ४ जना, धनौजी गाउँपालिकाका १२ जना, प्रादेशिक अस्पताल जनकपुरका ६ जना, बनिनियाँका २ जना, धनुषाधाम नगरपालिकाका १ जना र ठाउँ नखुलेको स्थानका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ३ महिलासहित २३ जना निको भएर आफ्नो घर फर्केका छन् । यसँ सँगै निको हुनेको संख्या ३ हजार ३ सय ५७ पुगेको छ भने २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment