प्रदेश १ मा घनावस्ती भएको क्षेत्रमा निजी अस्पताल र होटलहरुलाई आइसोलेसन वार्ड बनाइने


विराटनगर, २५ साउन । प्रदेश नं. १ मा दैनिक कोरोना संक्रमण थपिने र समुदायमा संक्रमण देखिन थालेपछि प्रदेशको राजधानी विराटनगरमा बसेको प्रदेशस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले प्रदेश भित्रका घनाबस्ती भएको क्षेत्रमा निजी अस्पताल र निजी होटलहरुलाई स्थानीय तहहरुसंग समन्वय गरी आईसोलेशन वार्ड बनाउने निर्णय गरेको छ ।
आइतवार विराटनगरस्थित मुख्यमन्त्री तथा परिषदको कार्यालयमा बसेको बैठकले कोरोनाको संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि सबै किसिमको विकल्पहरु अवलम्वन गर्ने पनि निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको प्रदेश सीसीएमसीको बैठकले विराटनगर, धरान र झापाका कोभिड अस्पताल र आईसोलेशन केन्द्रको क्षमता अभिवृद्धि गर्ने कार्यलाई तीव्रता दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।
यसैगरी बैठकले कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकाले सञ्चालन भएका अस्पतालमा संक्रमण नआट्ने भएपछि चतराको होल्डिङ एरियालाई आइसोलेशन बनाउने र जिल्ला अस्पतालहरुमा पनि आइसोलेशन वार्ड थप गर्ने सामाजिक विकास मंत्रालयको प्रस्तावलाई पास गरेको छ ।

यसैगरी सीसीएमसीको बैठकले विद्यालय र कलेजहरुमा रहेको क्वारेन्टाइनलाई साउन मसान्त भित्र बन्द गरी डिस्इन्फेक्ट गर्ने निर्णय गरेको छ । जिल्ला वा नगरलाई भन्दा पनि संक्रमित देखिएको ठाउँलाई मात्र लकडाउन वा निषेधाज्ञा लगाउने गरी केन्द्रको निर्णयलाई कार्यान्वयन गर्ने पनि निर्णय भएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

सो बैठकमा प्रदेशका मन्त्रीहरु, सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, विराटनगर महानगरपालिकाका प्रमुख लगायतको उपस्थिति रहेको थियो । यस अघिनै साउन १६ गतेदेखि ३० गते सम्मको लागि विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्र भित्र लकडाउन गरिसकेको छ

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment