बाँकेमा थप ३० जना प्रहरीसहित ४८ जनामा कोरोना पुष्टि

नेपालगन्ज, २६ साउन । बाँकेमा आइतबार थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालञ्न्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका थप ४८ सहित ५१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

आइतबार गरिएको परिक्षणमा ३० जना प्रहरीसहित ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जना बाहिर जिल्लाको नागरिकमा कोरोना संक्रमण देखिएको हो ।

वडा प्रहरी कार्यालय नेपालगञ्जबाट संकलन गरिएको ४७ जनाको स्वाबमध्ये २९ जना र एक जना बागेश्री मन्दिरमा बस्ने प्रहरीलाई कोरोना देखिएको छ । त्यस्तै १ जना प्रदेशसभा सदस्य, नेपालगञ्ज ५ का १, ११ का १ र कोहलपुरका २ जना तथा दाङका ३ जनामा संक्रमण देखिएको हो । आइतवार थप भएका संक्रमितसहित बाँकेमा कूल संक्रमितको संख्या ६ सय १५ पुगेको छ ।

यस्तै आज कोरोना संक्रमणका कारण बाँके जिल्लामा तेस्रो व्यक्तिको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार दिउँसो ३ बजे कोरोना संक्रमित कोहलपुर वडा नं–२ की एक ७० वर्षीया महिलाको मृत्यु भएको हो । बाँकेमा यो संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment