इलाम रोङको प्युरेमा पहिरोबाट १३ घरपरिवार विस्तापित

इलाम, २५ साउनः  इलामको रोङ गाउँपालिका–४ प्युरेमा १३ घरपरिवार पहिरो पिडित बनेका छन् । पिडित परिवार राम्रोसँग सुत्न नपाएको बर्षौ बित्यो । पहिरोले कतिबेला घरै बगाउछँ त्यस्को पत्तो छैन । त्यही  चिन्ताका कारण उनीहरुको भोक निद्रा हरान भएको छ । । प्यूरेमा अनुमानित  १ सय घरधुरी बसोबास गर्छन् । २०७३ सालमा ९ घर परिवार बिस्तापित भएका थिए । २०७७ सालको साउनमा परेको अभिरल बर्षाका कारण ४ घर परिवार बिस्तापित भएसँगै १३ परिवार बिस्तापित भइसकेका छन् । गाउँको एकपट्टिको पूरै भाग पहिरोले बगाइसकेको छ ।  पहिरो जान थालेपछि जमिन सबै चिरा भएर चर्किएको छ ।त्यही कारण गाउँ नै जोखिममा परेको हो ।

अहिले सम्म अनुमानित १०० रोपनी बढी क्षेत्रफलमा  पहिरोले बगाइसकेको  छ । पहिरोका कारण सन्त बहादुर लाप्चा, भक्त बहादुर लाप्चा, भीम बहादुर मगर, बल बहादुर मगर, धनराज मगर, टंक बस्नेत, नरबहादुर बस्नेत, भूवन बस्नेत, गणेश बस्नेत, खड्ग वहादुर राई, टेक बहादुर मगर, इन्द्रबहादुर मगर र दिलबहादुर राईको घर पूर्ण रुपमा बिस्थापित भएको गाउँपालिकाका अध्यक्ष शम्शेर राईले बताएका छन्  । पहिरोको कारण घर बिहिन हुनेलाइ गाउँपालिकाले ब्यावस्थापन गदै आएको छ । तर पुरै गाउँ जोखिममा हुदा ब्यावस्थापनमा पनि समस्या आएको गाउँपालिका अध्यक्ष शमसेर राईले बताएका छन् । चुरे क्षेत्रमा पर्ने यो पहिरोको दिघृकालिन समस्या समाधानका लागि पटक पटक केन्द्र र प्रदेश  सरकारसँग लिखित आग्रह गरेपनि सुनुवाइ नभएको अध्यक्ष राईको भनाइ छ । राष्टपति चुरे कायक्रमहरुमा सम्पूण बिबरण पेश गरिसकेकको बताउदै गाउँपालिकामा ५ वटा यस्ता ठूला पहिरोहरु भएकाले यसबाट निम्त्याउन सक्ने जोखिमबाट बच्न केन्द्र र प्रदेश सरकारलाई अगाडीनै जानकारी  गराइसकेकको भएपनि कुनै कार्यक्रम नआएको अध्यक्ष राईको दुखेसो छ ।


प्यूरेमा वर्षेनि पहिरो जाँदा  सिङ्गो बस्ती नै जोखिममा परेको हो । २०७३ सालबाट पहिरो खस्न शुरु गरेको प्यूरेमा पहिरोका कारण यो वर्ष ४ परिवार विस्थापित भएका छन्  । 

झापाको बुद्धशान्ति गाउँपालिकाको सीमानामा रहेको टिमाई खोलाले वर्षेनि कटान गर्दा रोङ –४ को प्यूरेमा पहिरो जाने गरेको हो । पहिरोका कारण त्यस क्षेत्रमा वर्षेनि विस्थापित हुनेको संख्या बढीरहेको छ  । पहिरोको कारण गाउँका अधिकांश घर र बारी चिरा परेको छ । बृद्ध र असत्त समेत रहेमा टेक बहादुर मगरको काठको खाँवाले बनाएको घरको निसाना छैन वरिपरि जमिन  चिरा छ । त्यस्तै तिन दाजु भाईको ६५ रापनी जमिन कमाउदै आएका नर बहादुर बस्नेतको घरको मुलढोकाबाट जमिन दबेको छ । अव कतै सार्ने उपाय छैन बसाइ सर्न बाहेक ।

 वर्षायामको शुरुवातसँगै पहिरो जाँदा मानवीय क्षतिका साथै गाउँ नै बिस्थापित हुने अवस्था सृजना भएको इलामका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले बताए । उनले जिल्ला प्रशासनको एक्लो प्रयासले मात्रै यहाँ केही गर्न नसकिने भन्दै संघीय सरकारले यहाँको अवस्थालाई मध्यनजर गर्दै तत्काल राहत लगायतका पहिरो रोकथाम गर्ने नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे । २०७२ सालमा आएको भूकम्पका कारण हो अथवा के कारणले पहिरो जान शुरु गरेको हो भन्ने यकिन हुन नसक्दा प्यूरे गाउँ नै पहिरोको उच्च जोखिममा रहेको अध्यक्ष राईको भनाइ छ । पहिरोसंगै जमिनमुनिबाट पानी रसाउने गरेका कारण गाउँ नै जोखिममा परेको बताइएको छ । जलश्रोत तथा सिञ्चाई डिभिजन कार्यालय इलामका इञ्जिनियर पुरुषोत्तम साहका अनुसार पहिरो प्रभावित क्षेत्र प्यूरेलाई जोगाउन पहिरो जाने क्षेत्रमा जहाँबाट पानी बगेर आउँछ, त्यसलाई बन्द गर्नुपर्ने बताए ।

 बुधवार जिल्ला विपद् व्यवस्थापन इलाम, रोङ गाउँपालिकाका जनप्रतिनिधि, प्रदेश जिल्ला प्रहरी कार्यालय इलाम,पत्रकार, नेपाली सेनासहितको टोलीले पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्दै त्यस क्षेत्रका प्रभावितहरुलाई वैकल्पिक व्यवस्था गर्ने विषयमा अध्ययन गर्ने बताइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले यस वर्ष पहिरोवाट प्रभावित भएकाहरुलाई नगद १५ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरेको छ ।

रेडियो वुद्धवाणीबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment