प्रदेश १ मा ११२ जना नयाँ संक्रमित थपिए, ९ जना डिस्चार्ज भए

 


विराटनगर, १३ भदौ । प्रदेश १ मा शनिवार १ सय १२ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन्, भने ९ जना डिस्चार्ज भएका छन् ।

मोरङका ४७ जना, सुनसरीका २४ जना, झापा र धनकुटाका १९/१९ जना, संखुवासभाका २ जना र प्रदेश १ बाहिरका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा २१ जनामा कोरोना पुष्टि भएको छ । महिला १० जना र पुरुष ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको कटहरीमा ६ महिला ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, बेलबारी र सुनबर्षीमा १÷१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

यसैगरी सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, दुहवीमा ३ महिला ६ पुरुष, धरानमा २ महिला ४ पुरुष, झापाको दमकमा ७ महिला ९ पुरुष, झापा गाउँपालिकामा १ महिला २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको छ । त्यस्तै, आज झापा मेचीनगरको धाइजन आइसोलेस केन्द्रबाट ९ जना डिस्चार्ज भएका छन् ।

योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेहरुको संख्या १ हजार ५ सय २५ पुगेको छ । प्रदेश १ मा शनिवार १ हजार २ सय २० जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ३४ महिला र ७८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म ८६ हजार ४ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment