भारतमा विश्वको सबैभन्दा बढी दैनिक संक्रमित, एकैदिन ७८ हजार बढी संक्रमित फेला

काठमाडौं, १४ भदौ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

आज पनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ७८ हजार ४ सय ७२ जना नयाँ संक्रमित फेला फरेका छन् । कोरोनाले आक्रान्त अमेरिका र ब्राजिलमा भन्दा गएको २४ घण्टामा भारतमा धेरैले संक्रमित फेला परेको वल्डओमिटरले जनाएको छ ।

गएकाे पछिल्लाे घण्टामा अमेरिकामा ४२ हजार ८ सय ४१ जना नयाँ संक्रमित फेला परेका छन् भने ब्राजिलमा ३४ हजार ३ सय ६० जना नयाँ संक्रिमत फेला परेका छन् ।

अहिलेसम्म भारतमा काेराेना संक्रमितकाे संख्या ३५ लाख ३९ हजार ७ सय १२ पुगेकाे छ । अमेरिकामा ६१ लाख ३९ हजार बढी संक्रमित छन् भने ब्राजिलमा ३८ लाख ४६ लाखभन्दा बढी संक्रमित छन् ।


संक्रमितमध्ये अहिलेसम्म २७ लाख १२ हजार ५ सय २० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ९४ हजार ४४२ जनाको उपचार भइरहेको छ ।

यससँगै अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणले ५५ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment