स्याङ्जामा एम्बुलेन्स दुर्घटना : दुईको मृत्यु, दुई गम्भीर घाइते


स्याङ्जा, १४ भदौ  । वालिङ नगरपालिका ५ माझकोटको वालिङ चापाकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको निधन भएको छ भने दुई गम्भीर घाइते भएका छन् । चापाकोटबाट बिरामी काठमाडौँ पुर्याएर फर्कने क्रममा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट खसेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार एम्बुलेन्स दुर्घटनामा चापाकोट नगरपाकिला- ९ का ३५ वर्षीय भानुभक्त गैरे र वडा नम्बर १० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको छ । दुर्घटनाामा घाइते गैरे र पंगेनीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक चापाकोट- ९ का ३१ वर्षीय सुरेन्द्र भण्डारी र अर्की २८ वर्षीय पवित्रा पोख्रेल गम्भीर रहेको अधिकारीले बतााउनुभयो । घाइते दुबै जनाको प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार पश्चात थप उपचारको मनिपाल शिक्षण अस्पताल लगिएको अधिकारीले बताउनुभयो । घाइते पवित्रा सुत्केरी हुनको लागि काठमाडाैदेखि घर फर्किएको प्रहरीले जनाएको छ ।


एम्बुलेन्स बाटो देखि करिब ५०० मिटर खसेको प्रहरीले जनाएको छ । दुर्घटना के कारणले भयो भन्नेबारे भने प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment