धरानमा कोरोना संक्रमित आमा-छोराको मृत्यु


सुनसरी, १४ भदौ । कारोाना सक्रमणबाट  धरानमा एकै परिवारको २ जनाको मृत्यु भएको छ । धरान- १७ स्थित रेल्वे चौकमा आमा-छोराको उपचारको क्रममा मृत्यु भएको हाे ।

अत्याधिक ज्वरो आई स्वास फेर्न समस्या भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाको कोभिड अस्पतालमा भर्ना भएका उनीहरुको आइतबार बिहान मृत्यु भएको हो ।

एक सातादेखि ज्वरो आइरहेका उनीहरूमा शनिबार खोकीसँगै स्वासप्रसारमा समस्या भएपछि राति ८:३७ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएकाे थियाे । तर बिहान उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्राध्यापक डाक्टर निदेश सापकोटाले जानकारी दिए ।


धरान १७ स्थित रेल्वे चौकको र ६० वर्षीय पुरुषको बिहान ७:४५ बजे र उनकी कान्छी आमा ७४ वर्षीया महिलाको बिहान बिहान ८:३० बजे मृत्यु भएको हो ।

एक सातदेखि ज्वरो आए पनि अस्पताल नगई घरमै बसेका उनीहरु स्वास-प्रसासमा समस्या भएपछि अस्पताल पुगेका थिए । यससँगै धरानमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment