विराटनगरकाे कोशी अस्पतालमा काेराेना संक्रमित थप एक पुरूषको मृत्यु


विराटनगर, ८ भदाै। विराटनगर महानगरपालिका- ८ का कोरोना संक्रमित ६५ वर्षीय पुरुषको आइतबार राति कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरमा मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि विराटनगर महानगरपालिकाले स्थापना गरेको वडा नं. १९ को बैजनाथपुरस्थित आइसोलेसनमा बस्दै आएका कार्की थरका उनलाई स्वास्थ्यमा समस्या बढेपछि थप उपचारको लागि काेशीकाे कोभिड उपचार केन्द्र लगिएको थियो ।

श्वास-प्रश्वासमा समस्या आएपछि अस्पताल लगिएका उनकाे अस्पताल पुर्‍याएको केहीबेरमा नै मृत्यु भएको कोभिड १९ अस्पतालका व्यवस्यापन संयोजक ज्ञानबहादु बस्नेतले जानकारी दिनुभयो ।

विराटनगरमा याेसहित काेराेनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । मृतकको शव मोरङको थलाहा स्थित नेपाली सेनाको सुर्य दल गण शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment