इलामको सूर्योदयबाट मटर तस्करीमा प्रयोग भएको गाडी र मानिस सहित १४६ बोरा सेतो मटर नियन्त्रणमा

इलाम, ८ भदौँः शनिबार  इलाम सुर्योदय नगरपालिका वडा नं. ३ तिनखुट्टेबाट बा ३ ख ५२४४ नं. को ट्रकमा बिना भ्याटबिल अबैध रुपमालोड गरेर भारत जान लागेको मटर प्रहरीले नियन्त्रणमा लिएको छ ।  

प्रति बोरा २५ के.जी. भएको जम्मा १४६ बोरा सेतो मटर लोड गरी भारत तर्फ लाँदै गरेको अवस्थामा इलामका प्रहरी कार्यालय पशुपतिनगर इलामबाट खटिएको गस्ती टोलीले फेला पारी बरामद भएको सेतो मटर सहितको ट्रक तथा चालक जिल्ला इलाम सुर्योदय नगरपालिका वडा नं. १ गोर्खे बस्ने वर्ष ३७ को चेतन दाहाल समेतलाई नियन्त्रणमा लिई चालक, बा ३ ख ५२४४ नं.को गाडी तथा अन्दाजी रू१,८२,५००।–  बराबरको १४६ बोरा सेतो मटर आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय पशुपतिनगर पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment