थापाथलीस्थित प्रसूति गृहमा कार्यरत ३ चिकित्सकसहित ८ जनामा कोरोना पुष्टि


काठमाडौं, ०७ भदौ । राजधानीको थापाथलीस्थित प्रसूति गृहमा कार्यरत ३ चिकित्सकसहित ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सबैलाई विभिन्न तरिकाले आइसोलेशनमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।

संक्रमितहरु मध्ये २ जनालाई टेकु अस्पतालको आइसोलेसनमा र बाँकी ६ जना संक्रमितहरु होम आइसोलेशनमा रहेको बताइएको छ । संक्रमितहरु सबै अस्पताल भित्रका कर्मचारी रहेका छन् ।

अस्पतालमै रहेका फार्मेसी, प्राविधिक, सुरक्षागार्ड,  केही नर्स र अस्पताल भित्र संचालित बैंकका कर्मचारी समेतलाई संक्रमण भएको पाइएको स्रोतले जनाएको छ । तर अस्सपतालमा उपचारका लागि आएर बसेका बिरामी तथा परीक्षणका लागि आएका महिलाहरुमा भने संक्रमण नभएको पाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment