दक्षिण अफ्रिकामा पहिलो पटक कोरोना संक्रमणबाट नेपालीको मृत्यु, पाँचथरका एक पुरूषकाे मृत्यु


काठमाडौं, २० साउन । कोरोना भाइरस संक्रमणबाट दक्षिण अफ्रिकामा एक नेपालीको ज्यान गएको छ । स्थायी घर पाँचथर जिल्ला भएका ३४ बर्षीय उनको सोमबार ज्यान गएको बताइएको छ ।
केही समय अघिबाट उनी दक्षिण अफ्रिकाको जोहान्सबर्गमामा सर्फ बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरका रुपमा काम गर्दै आएका थिए । दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमणबाट सम्भवत पहिलो नेपालीको ज्यन गएको हो ।
यसअघि दक्षिण अफ्रिकामा काेराेनाबाट कुनैपनि नेपालीको ज्यान गएको सूचना नआएको र यो नै पहिलो घटना भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता