अस्पतालहरु भरिएपछि डेराभाडामा बस्ने संक्रमितहरु अलपत्र, अधिकांश संक्रमित घरघरमै

 

विराटनगर, २६ साउन । प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमितहरु अस्पतालमा नआट्ने भए पछि घरमै बस्न बाध्य छन् । चार पाँच दिन यता कोभिड अस्पतालका शैया भरिएपछि, विराटनगर महानगरपालिकाका ४० जना कोरोना संक्रमितहरु घरमै बसिरहेका छन् । अस्पतालमा वेड अभाव भएका कारण लक्षण देखिएका र लक्षण नदेखिएका विराटनगरका अधिकांश संक्रमितहरु घरमै सुरक्षित बसिरहेका छन् ।

रिपोर्ट आउन ढिलो हुने र रिपोर्ट आएकाहरु पनि अस्पताल भरिएका कारण घरमै बसेका छन् । संक्रमितहरुलाई वडाकार्यालयबाट फोन गरेर तपाइलाई संक्रमण देखिएको छ घरमै सुरक्षित बस्नु होला केही समस्या आएमा चिकित्सकलाई कल गरेर भन्नु होला भनेर जानकारी गराइन्छ ।

मोरङ र सुनसरीमा रहेका अस्पतालहरु भरिए पछि डेराभाडामा बस्ने संक्रमितहरु अलपत्र परेका छन् । सुविधा सम्पन्न घर भएका संक्रमितहरुलाई त फरक पर्दैन तर धेरै मानिसको घर सुविधा सम्पन्न नहुदाँ घरका अन्य सदस्यहरु जोखिममा पर्ने डर भएको संक्रमितहरुले गुनासो गरेका छन् ।

यता प्रदेश सरकारका सामाजिक विकास मन्त्री जिविन घिमिरेले भने अस्पतालमा शैया थप्ने काम भइरहेको र निजी अस्पताललाइ पनि आइसोलेसन अस्पताल बनाउन पहल गरिने बताउनु भएको छ । उहाँले सरकारको निणर्य अनुसार संक्रमितले चाहे अनुसार सुरक्षित घरमै पनि बस्न सकिने भएकाले होम क्वारेन्टाइनको अवधारणालाई आत्मसाथ गरिने बताउनु भयो । उहाँले यसरी धेरै संक्रमित एकै पटक थपिदा अस्पतालमा वेड अभाव भएको र प्रदेश सरकारले झापामा उदयपुरमा आइसोलेसन अस्पताल सुरु गरिएको बताउनु भयो ।

प्रदेश १ मा ४ सय आइसोलेसन बेड सञ्चालनमा छन् । दैनिक संक्रमित थपिदैजादा अस्पतलमा आइसोलेसन वेड कम भएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६५ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १ हजार १४ पुगेको छ । ६ जनाको मृत्यु भएको प्रदेश सरकारले जानकारी दिएको छ ।

विराटनगर महानगरपालिकाले भने सोमबार धेरै जना डिस्चार्ज भएकाले भोलि सम्ममा सवै संक्रमितहरुलाई आइसोलेसन सेन्टरमा राखिने जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment