विराटनगरमा कोरोना संक्रमितको शव परिवारजनलाई बुझाएको खुलासा


विराटनगर , २६ साउन । मोरङको विराटनगरमा कोरोना संक्रमितको शव परिवारलाई बुझाएको खुलासा भएको छ ।

गत शनिवार मृत्यु भएको वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का ६३ वर्षीय पुरुषको शब आफन्तलाई बुझाएको खुलासा भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका पुरुषलाई दुई दिन अगाडि अस्पताल भर्ना गरिएको थियो । मृगौला रोगबाट पीडित उनलाई शुरुमा कोशी अस्पताल पु¥याइएको थियो । त्यहाँ उनको स्वाबको नमुना लिइएको थियो ।

कोशी अस्पतालबाट रिफर गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएको उनको त्यहाँ पनि स्वाबको नमुना लिइएको थियो । प्रतिष्ठानको रिर्पोट नेगेटिभ आएपछि दाहसंस्कारका लागि अस्पतालले परिवारको जिम्मा लगाएपछि कोशी अञ्चाल अस्पतालमा गरिएको परीक्षणमा भने मृतकमा कोरोना पोजेटिभ देखिएको थियो । दुई वटा अस्पतालको अलग–अलग रिर्पोट पछि प्र्रदेश एकको सामाजिक विकास मन्त्रालयले ति पुरुषको मृत्यु कोरोनाकै कारण भएको बताएको छ ।

जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले भने पहिले लिएको रिपोर्टनै सहि हुने भएकाले ति व्यक्तिको मृत्यु कारोनाकै कारण भएको बताउनु भयो । यता, महानगपालिकाले भने पछिल्लो रिपोर्ट नेगेटिभ आएका कारण परिवारलाई थोरै मलामी जाने सर्तमा शव जिम्मा लगाएको बताएको छ । कोरोना संक्रमितको शब नेपाली सेनाले व्यवस्थापन गर्ने गरे पनि मृतक बृद्धको शव भने परिवारले ब्यवस्थापन गरेका हुन् । अइतबार मात्र २९ जना संक्रमित थपिएका छन् भने वीरगञ्ज महानगरपालिका भित्रमात्र २ सय ८३ जना संक्रमितहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment