कोरोना संक्रमणबाट धनुषामा थप एकको मृत्यु


जनकपुरधाम, २७ साउन । कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु भएको छ । जिल्लाको विदेह नगरपालिका वडा नं ८ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

मृतकको ट्राभल हिस्ट्री नरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभएकाे छ । उहाँका अनुसार धनुषामा समुदाय स्तरमा कोरोना फौलिसकेको छ । प्रादेशिक अस्पतालको कोभिड १९ विशेष अस्पताल जनकपुरधाममा करिब १८ दिन देखि आईसीयूमा उपचाररत उनकाे गएराति कोरोनाको कारण मृत्यु भएको हो ।

मृतक क्षयरोगले समेत ग्रषित रहेको कोभिड- १९ प्रादेशिक अस्पतालका संयोजक डाक्टर जामुन सिंहले न्यूज २४ लाई जानकारी दिनुभयाे । कोभिड न्युमोनियाको कारण विरामीको मृत्यु भएको विज्ञप्ति मार्फत जानकारी दिइएकाे छ । यसभन्दा पहिले आइतवार मृत्यु भएका पुरुषमा सोमबार मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो । याे सँगै धनुषामा काेराेना भाइरस संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ ।

बिज्ञप्ति

 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment