पर्सामा कोरोनाबाट १८ वर्षीया युवतीको मृत्यु, मरेपछि मात्रै कोरोना परीक्षण


वीरगञ्ज, २१ साउन ।  पर्साकी एक युवतीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका-९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

बान्ता भएपछि उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज ल्याउँदै गर्दा बाटोमै युवतीको गत सोमबार मृत्यु भएको थियो । मृत्युपछि शंकामा स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकाे थियाे ।

मेडिकल कलेजमा गरिएकाे परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयाे ।

ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । युवतीको मृत्युसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु् हुनेको संख्या १४ पुगेको छ । देशभर भने मृतकको संख्या ५९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment